प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै पुनः बोलाएको छ । काउन्सिलको आज बसेको समिति बैठकले धमलालाई थप छलफलका लागि काउन्सिलमै बोलाउने निर्णय गरेको हो।
धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका थिए । चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा काठमाडौँ उत्रिएपछि जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो। तर त्यो स्पष्टीकरण संतोषजनक नभएको भन्दै सोमबार १२ बजे बयानका लागि बोलाइएको स्रोतले जनाएको छ ।