राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक शर्मा गौतम चयन भएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान जारी महाधिवेशनले गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ ।
यस्तै, अन्य पदाधिकारीहरुमा सहमतिमा नै महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको छ । चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत गरिएको छ । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन गरिएको हो ।