News in Nepali

नयाँ वर्षको दिनदेखि लागू हुने गरि बाग्मती प्रदेशमा गाडी भाडा दर बढ्यो

Lumbinikhabar Online

वैशाख एक गतेदेखि लागू हुने गरि काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढेको छ ।

स्रोतका अनुसार समायोजन पछि काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ भाडा तय भएको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो ।

त्यस्तै, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २०० मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ।

प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २०० मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ।

 

Tags

छुटाउनु भयो कि ?