News in Nepali

मन्त्री शशि श्रेष्ठ द्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

Lumbinikhabar Online

 

मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन् ।

शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई जग्गाधनी पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् ।

उनले भनिन्, “ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नु यो गठबन्धन सरकारको राष्ट्रिय प्राथमिकताको काम हो । सोहीअनुसार नै हामीले भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गरेका हौँ ।”

Tags

छुटाउनु भयो कि ?