एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आउँदाे संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले भने , ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । चार सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन । माधव नेपाल २२/२३ सिट ल्याउने सामर्थ्य भएका मानिस हुन् । अब तीन सिट ल्याएर देखाउन् त ?’ यसरी अध्यक्ष ओलीले आफ्नो आडमा चुनाव जितेकाहरुले अहिले काङ्ग्रेसको हात समातिरहेको बताएका छन् ।