सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैतिर तालमेल गरेर जाने बताएका छन् ।
आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठक पछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने , ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’
अर्को एक फरक प्रसङ्गमा उनले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए ।