News in Nepali

युक्रेनको संकटमा नेटोले एसियाबाट सहकार्य थाल्यो

Lumbinikhabar Online

रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको छ । दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरि नेटोले सहकार्य खोजेको हो ।

नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पनि आग्रह गरेका छन् । नेटोको अर्को रणनीतिक अवधारणामा पनि मन्त्रीहरुले सहमति जनाएका छन् ।

नेटोले एसिया–प्रशान्तका साझेदारहरुसँग साइबर, नयाँ प्रविधिहरु, गलत सूचना, सामुद्रिक सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा सहयोग अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ । बिहीबार दक्षिण कोरियाका विदेश मन्त्री चुङ इयू–योङ बैठकमा सहभागी हुनका लागि नेटोको विदेशी मन्त्रीहरको सम्मेलनमा गएका थिए ।

उनी उच्च ओहदाको नेटो सत्रमा सहभागी हुने पहिलो दक्षिण कोरियाली विदेश मन्त्री भएको योनहापले उल्लेख गरेको छ । दक्षिण कोरिया बाहेक अन्य तीन मुलुकहरु जापान, अस्ट्रेलिया र न्यूजिल्यान्ड पनि नेटोको सत्रमा सहभागी भएका थिए । नेटोको बैठकमा जापानको मन्त्री सहभागी भएको यो पहिलो पटक हो । चार एसिया–प्रशान्तका मुलुकहरूलाई आमन्त्रण गरेर नेटो र अमेरिकाले रुसविरुद्ध थप मुलुकलाई आफूतर्फ आकर्षित गरेको छ ।

Tags

छुटाउनु भयो कि ?