सरकाले विभिन्न देशका लागि २० राजदूत नियुक्तिको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको कोटाबाट १२ र परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा बिष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा. रामसुरज राय यादव (डेनमार्क) र नवराज सुवेदी (साउदी अरब) रहेका छन् । त्यस्तै, नरेश विक्रम ढकाल, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी रहेका छन् ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६

