News in Nepali

वैशाखमा हुने स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने

Lumbinikhabar Online

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको जनाउदै मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।

यस्तै कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुँदा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डाैकाे हुनेछ ।

 

Tags

छुटाउनु भयो कि ?