News in Nepali

`सदन अवरोधका बिच एमसीसी पारित गर्‍यौं, अब नागरिकता विधेयक पारित गरिन्छ’ : प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको सदन अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले भने ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गर्‍यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ यस अघि संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको बताउदै ‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।

प्रचण्डले अघि भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’ एसरी संसमा नागरिकतासम्बन्धी विधेयक पारित नहुनुमा एमालेको अबरोध नै प्रमुख कारण रहेको उनले बताए ।

Tags

छुटाउनु भयो कि ?