भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप सहयोग गरेको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ ।
भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् ।
श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।