News in Nepali

एमालेमा मेयर शाक्यको कामको मूल्याङ्कन गरिने

Lumbinikhabar Online

नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गर्ने भएको छ ।

आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने बताइएको छ ।

एमालेबाट काठमाडौंमा महानगर प्रमुखका दावेदारमा मेयर शाक्य र एमाले बागमती प्रदेश सांसद समेत रहेका केशव स्थापितको नाम चर्चामा रहेको छ । पार्टीले टिकट दिएका पुन उम्मेदवारी दिने बताउँदै आएका शाक्य पछिल्लो समय महानगरभित्र भएका कामहरुको उद्घाटनमा ब्यस्त रहने गरेका छन् ।

गत चैत २ गते मेयर शाक्यले डेढ वर्षदेखि सञ्चालनमा आएको काठमाडौंको माइतीघर चोक छेउको आकाशे पुलको समेत उद्घाटन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?