नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन बिजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निसाना साँधेको आरोप लगाएका छन् ।
उर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा
निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै भएको बताए ।
केही दिन परेको संकटलाई देखाएर उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गर्दै उनले भने, ‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । कुनै कुनै ठाउँमा कुनै कुनै दिन पिक आवर र प्रसारणलाइनमा समस्या हुँदा एक/दुई घण्टा बिजुली काटिन्छ । बाँकी कहीं कतै लोडसेडिङ छैन ।’