News in Nepali

भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा प्रशिक्षण कार्यक्रमका लागि नेपाल आउदै

Lumbinikhabar Online

भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्रा दुईदिने प्रशिक्षण कार्यक्रमका लागि नेपाल आउने भएका छन् । उनी वैशाख ९ गते काठमाडौं आउन लागेका हुन् ।

जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीको सनराइन कन्भेन्सन हलमा विन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ ।

विन्द्राको नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकास गर्नु रहेको ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए ।

कोरोना महामारीबाट संकटग्रस्त बनेको उद्योग–व्यवसायको पुनरुत्थान, गहिरिंदो तरलता अभाव, यसका कारण र समाधानमा केन्द्रित भएर प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नेपालमा उनको प्रशिक्षणमा सहभागी हुन ८ हजारदेखि २० हजार रुपैयाँसम्मको टिकटदर तोकिएको अध्यक्ष डुम्रेले बताए ।

त्यस्तै, वैशाख ११ गते होटल हायात प्लेस ताहाचलमा विन्द्राले राउण्ड टेबल छलफल गर्ने कार्यतालिका छ । सो प्रशिक्षणमा सिनियर एक्ज्युकेटिभ, विभिन्न व्यवसायीहरु लगायत सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीलाई प्रशिक्षण दिने कार्यक्रम छ । यसमा सहभागी हुन २५ हजारदेखि ३५ हजारसम्मको टिकट दर तोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?