निर्वाचन तयारीका बारेमा जानकारी लिन बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारी संग छलफलमा गर्ने भएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा रहेको आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।
सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।