News in Nepali

जेठ १५ गते हुने भनिएको एन्फाको चुनावको मिति सरेको छ

Lumbinikhabar Online

अखिल नेपाल फुटबल संघ (एन्फा)को जेठ १५ गते हुने भनिएको चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको बताए । उनले भने, ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट समय नमिल्ने भएका कारण नयाँ मिति आयो । असार ६ गते चुनाव गर्ने भनेर सहमति भएको छ । फिफाले उक्त मिति सिफारिस गरेको छ,’

Tags

छुटाउनु भयो कि ?