News in Nepali

झापामा १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

Lumbinikhabar Online

झापामा १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ५४ वर्षीय अमृत खड्का रहेका छन् ।

खड्कालाई मंगलबार दिउँसो मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?