बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।
मित्रचोक स्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको तातोपानी घर भएकी ४५ वर्षकी पेमा शेर्पा हिजो साेमवार दिउँसो इनारमा खसेकी थिइन । शेर्पाको उद्धारका लागि महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीलाई आग्रह गरे पनि १७ जनाको प्रहरी टोलीले उहाँको उद्धार गरेको हाे ।
बेहोस अवस्थामा उद्धार गरिएकी शेर्पाको उपचार भइरहेको र अहिले उनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।