News in Nepali

अमेरिकाले बुल्गेरियालाई लडाकु विमानको बिक्री गर्ने

Lumbinikhabar Online

अमेरिकाले बुल्गेरियालाई लडाकु विमानको बिक्री गर्ने भएको छ । पूर्वी युरोपेली राष्ट्रको सेना आधुनिकिकरण गर्ने प्रयासलाई समर्थन गर्दै अमेरिकाले १.६ अर्ब डलर भन्दा बढीको लडाकु विमानको बिक्री गर्ने भएको हो

राज्य विभागले यो सम्झौता सोमबार पारित गर्दै एफ–१६ बिक्री गर्ने विषयमा सहमती जनाएको हो । ८ वटा लडाकु विमानका अलावा यसमा केही संख्याका क्षेप्यास्त्र, सेन्सर र विस्थापनका पार्टसहरु रहेका छन् । यो सहित कुल रकम १ अर्ब ६७ करोड डलर पुग्ने अमेरिकी रक्षा कर्पोरेन एजेन्सी (डीएससीए) ले जनाएको छ ।

सन् २००४ देखि नेटोको गठबन्धनको सदस्य रहदै आएको बुल्गेरियाले पुरानो भइएसकेको सोभियत युगको मिग–२९ लडाकु विमानलाई विस्थापित गर्ने विकल्पको रुपमा प्रयोग गरेको हो ।

 

Tags

छुटाउनु भयो कि ?