News in Nepali

प्रहरी हिरासतमा रहेका एक युवकले घाँटी रेट्दा अवस्था गम्भीर

Lumbinikhabar Online

बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् । बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले हिरासतमै आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताइएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।नेपाली बुटवलको देविनगरमा भाडामा बस्दै आएका थिए ।

 

Tags

छुटाउनु भयो कि ?