News in Nepali

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवारी काङ्ग्रेसबाट हुनु पर्ने दाबी

Lumbinikhabar Online

चितवनको भरतपुर महानगरपालिकामा मेयरको पदको उम्मेदवारी काङ्ग्रेसबाट हुनु पर्ने भन्दै त्यसको लागि जिल्लाका नेताहरु पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन केन्द्रीय कार्यलय काठमाडौ पुग्ने भएका छन् ।

पार्टिका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, जिल्लाका सांसद र जिल्ला सभापतिसहितको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं जान लागेको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसको समेत समर्थनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि मेयरमा माओवादीले दाबी गरेको छ ।

तर यसपटक कांग्रेसले पनि मेयरमा दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले भरतपुर महानगरमा कांग्रेसले मेयरको दाबी नछोड्ने बताउँदै आएका छन् । अघिल्लो पटक कांग्रेसले माओवादीलाई सघाएकाले अब माओवादीले कांग्रेसलाई सघाउनु पर्ने उनको धारणा छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीले मेयर र कांग्रेसले उपमेयर उम्मेदवार बनाएर तालमेल गरेका थिए ।

 

Tags

छुटाउनु भयो कि ?