भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ ।
सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।
गत २२ मार्चमा चार महिनाको अन्तरपछि पहिलोपटक मूल्य वृद्धि भएको थियो । त्यतिबेला देखि अहिलेसम्म यो १३ पटकसम्म पेट्रोल डिजेलको मूल्यवृद्धि भइसकेको छ ।