News in Nepali

`नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन सम्भव नै छैन ´: केपी ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।

आज पार्टीमको भातृ संगठन राष्ट्रिय युवा संघले चलचित्र विकास बोर्डमा आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा ओलीले भने ‘नेपाली हिरोइन जति राम्रो हिरोइन दुनियाँमा कहीं हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन सम्भव नै छैन । नेपाली हिरोजस्तो ह्यान्डसम दुनियाँमा कहीं खोजेर भेटिएला ? भेटिदैंन,’

कार्यक्रममा ३० वर्षभन्दा लामो समयदेखि नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा चुनावलाई केन्द्रित गर्दै टिकटक प्रतिस्पर्धाको समेत आयोजना गरिएको छ ।

ओलीले कलाकारहरु बसुन्धरा भुसाल, शिव श्रेष्ठ, रविन्द्र खड्का लगायतलाई सम्मान प्रदान गरे । यसै महिना एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर समेत उपस्थित थिइन् ।

Tags

छुटाउनु भयो कि ?