News in Nepali

आज चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको उदघाटन गरिने

Lumbinikhabar Online

काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै छन् । दिउँसो २ बजे बन्दरगाह उदघाटको कार्यक्रम छ ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण गरिएको उक्त बन्दरगाहको २०७५ सालको जेठमा ठेक्का सम्झौता भएको थियो ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारस्थित हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा निर्माण भएको सुक्खा बन्दरगाह अब सञ्चालनका लागि योग्य भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

२२८ रोपनी क्षेत्रमा फैलिएको यो सुक्खा बन्दरगाह सञ्चालनमा आए तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यार लाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले राहत पाउने विश्वास गरिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?