इन्डोनेशियामा १२ जना विद्यार्थीलाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ । सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।
हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।
‘हामीले प्रतिवादीलाई मत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङको उच्च न्यायालयको वेबसाइटमा सोमबार प्रकाशित एक वक्तव्यमा न्यायाधिसले बताएका छन् ।
हेरीका वकिल इरा माम्बोले अदालतको पूर्ण फैसला हेर्नुपर्ने बताउँदै अपिल हुने, नहुनेबारे कुनै टिप्पणी गर्न अस्विकार गरिन् ।
स्थानीय अभियोजकको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्नु अघि अन्तिम निर्णय पर्खने बताए ।
‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकाले बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।
देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।