News in Nepali

दीपेन्द्र सिंह ऐरी बने, त्रिकोणात्मक टी-२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी

Lumbinikhabar Online

दीपेन्द्र सिंह ऐरी त्रिकोणात्मक टी-२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल, पपुवा न्यूगिनी (पीएनजी) र मलेसिया सम्मिलित श्रृंखलामा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दि सिरिज घोषित भए ।

उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । दीपेन्द्रकै अलराउण्ड प्रदर्शनमा नेपालले सोमबार पीएनजीलाई फाइनलमा ५० रनले हराएर अपराजित रहँदै श्रृंखलाको उपाधि जितेको हो ।

उनले फाइनलमा ब्याटिङमा अविजित ५४ रन र बलिङमा ४ विकेट लिए ।

दीपेन्द्रले श्रृंखलाभर ५ खेल खेल्दै १ शतक र २ अर्धशतक प्रहार गर्दै सर्वाधिक २५५ रन बनाए । उनले फाइनलमा २१ रन जोड्दा टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे । उनी नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।

दीपेन्द्रले श्रृंखला अन्तर्गत लिगको अन्तिम खेलमा मलेसिया विरुद्ध अविजित ११० रन बनाएका थिए ।

पहिलो खेलमा पीएनजी विरुद्ध ४ रनमै आउट भएका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध २१ रन बनाएका थिए । त्यसपछि तेस्रो खेलमा पीएनजी विरुद्ध ६६ रन बनाएका थिए ।

यस्तै दीपेन्द्रले श्रृंखलामा ५ खेलमा ७ विकेट लिए । फाइनलमा उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए । टी-२० मा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर समेत हो ।

Tags

छुटाउनु भयो कि ?