आगामी वैशाखमा ३० गते हुने स्थानीय तहको चुनावको अछाम जिल्लामा क्रियाशील ३ राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
सोमबार जिल्लामा एक कार्यक्रमका बीच काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउँद र एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘केन्द्रीय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धनअघि बढाउन हामी एकताबद्ध छौं ।’ उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् ।