News in Nepali

युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई व्यापक बढाउन पोल्यान्डको आग्रह

Lumbinikhabar Online

पोल्यान्डका एक वरिष्ठ नेता जारोस्ल काजिन्स्कीले युरोपमा अमेरिकी सेनाको उपस्थितिलाई व्यापक बढाउन आग्रह गरेका छन् ।

उनले पोल्यान्डमा परमाणुु हतियारको अखडा राख्न समेत आग्रह गर्दै भनेका छन् , ‘यदि अमेरिकाले युरोपमा हालको १ लाख सेनालाई बढाएर १ लाख ५० हजार पुु¥याएमा पोल्यान्ड खुसी हुने थियो । यो हामीले रुसको बढ्दो आक्रामकतालाई लिएर आग्रह गरेका हौ,’

जारोस्लले युरोपमा ७५ हजार अमेरिकी सेना नेटोको पूर्वीतर्फ स्थायी रुपमा खडा गरिनुपर्ने बताएका छन् । यसको परिचालनले मस्कोले युक्रेनबिरुद्ध सैन्य आक्रमण गर्नु पूर्व पुरै युुरोपमा झन्डै १ लाख अमेरिकी सेनाको बराबरी हुनेछ ।

पोल्यान्डले आफ्नो सीमामा परमाणुु हतियार राख्न समेत राजी भएको जारोस्लले बताएका छन् । वार्साले युद्धको जवाफमा कडा प्रतिबन्धका लागि आग्रह गरेको छ । यसमा रुसलाई पुरै युरोपको कडा व्यापार प्रतिबन्ध पनि समावेश छ । पोल्यान्डले गत महिनानै युक्रेनलाई मिग फाइटर जेट दिने समेत बताएको थियो ।

 

Tags

छुटाउनु भयो कि ?