News in Nepali

स्थानीय तहको निर्वाचनमा कंचनपुरमा पनि तालमेल गरेर जाने गठबन्धनको निर्णय

Lumbinikhabar Online

कंचनपुरमा सत्तारूढ गठबन्धनमा राजनीतिक दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आज बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका हुन् ।

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । “यसको आङ्कलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ”, बैठकमा सहभागी नेताहरुले भने ।
आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा आज बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।

Tags

छुटाउनु भयो कि ?