भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गरेका छन्।
आज भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागीतामा बनारसमा प्रधानमन्त्री देउवाले बनारसमा उक्त वृद्धाश्रमको शिलान्यास गरेका हुन्। जसका लागि नेपाल सरकारले एक करोड विनियोजन गरेको छ।
यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ।
नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।
भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।
भारत भ्रमण सकेर आज प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम छ।