नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसको निर्णयप्रति सन्तुष्ट नरहेको भन्दै चुनावी तालमेल एमाले संग पनि हुन सक्ने संकेत गरेका छन् ।
आइतबार एक संचार माध्यम संग कुरा गर्दै नेतापुनले भने ‘एमालेका साथीहरूले मिलौं, गठबन्धन, तालमेल गरौं भनिराख्नुभएको छ । शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ । ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन ।’ यद्यपि मिल्ने सम्भावनै छैन भन्न नसकिने उनले बताए ।
उनका अनुसार अहिले कांग्रेससहितकै गठबन्धनमा तालमेल प्राथमिकता छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित गर्न सकिने समेत उनले बताएका छन् ।