News in Nepali

मधेस प्रदेशका स्थानीय तहमा चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

Lumbinikhabar Online

मधेस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

आज जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेस प्रदेश कार्यालयमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको सहभागिता हुनेछ । सो बैठकमा दलहरुले आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गर्ने छन् ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ । मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका गरी १३६ पालिका रहेको छ ।

 

Tags

छुटाउनु भयो कि ?