नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवका आयोजनामा गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको आरोप लगाएका छन् ।
बुधबार प्रेस चौतारीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले गौरवको आयोजनाका रुपमा अघि बढेको अस्पताल भवन निर्माण ठेक्का रद्द गर्नुलाई एमालेले गम्भीर रुपमा लिएको भन्दै छानवीन गरेर दोषीमाथि कारवाही गर्न माग गरे ।
‘गौरवको आयोजनामा गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको छ, यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्छ’, पौडेलले भने, ‘कर्मचारीलाई दोष दिएर सरकार उम्किन मिल्दैन, जवाफदेही हुनुपर्छ ।’
फरक प्रसंगमा नेता पौडेलले सत्ता गठबन्धनबाट एमाले नतर्सिने बताए । ‘गठबन्धनको पटका पड्काएर एमाले डराउँदैन, कम्तीमा ६० प्रतिशतस्थानीय तहमा जित्छौं’– पौडेलले भने । उनले एमालेविरुद्ध मिडियालाई अनुचितरुपमा प्रयोग गरेको आरोप समेत लगाए ।