News in Nepali

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हरायो

Lumbinikhabar Online

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे छ ।

मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायाे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायाे ।

यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

Tags

छुटाउनु भयो कि ?