धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ ।
अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेका छन् ।
बटेश्वर गाउँपालिकाले पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यतिबेला वितरण गर्न नसकेकाले अहिले वितरण गरिको बताइएको छ ।
चुनावको बेला मतदाता रिझाउनका लागि गरिएको सिरक वितरणलाई सर्वसाधारणले विभिन्न खाले टिप्पणी गरेका छन् ।