राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताले निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिएका छन् ।
आइतवार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनताले निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नु पर्ने कुरामा जोड दिदै भने ‘चुन्ने बेलामा बेठिक चुन्छौं। भ्रमपूर्ण कुराबाट चुन्छौं । विश्लेषण गर्दैनौं अनि राम्रो होस् भनेर कहीँबाट पाउँछौं ? त्यसकारण हामीले विवेक पुर्याएर छान्नुपर्छ भन्ने कुरा सिकाउने त हामीले नै हो नि राजनीति गर्नेले । यो हिसाबले जान सकौं ।’ राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन गरेर त्यसैको आधारमा टिकट दिनुपर्ने बताए ।