एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नु पर्ने बताएका छन् ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन । आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले सत्तापक्षको फाइदाका लागि आयोग त्रुटी सच्याउन किन चाहँदैन ? भन्दै प्रश्न समेत गरे ।
साथै उनले उम्मेदवारको मनोनयन दिने २ दिने समय पनि गलत रहेको ओलीको भनाइ छ ।