अर्थमन्त्री जर्नादन शर्माले नेपालमा प्रतिबद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघमा विदेशी लगानी डेक्स स्थापना गर्न लगानी बोर्ड र महासंघबीच समझदारी गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।
उनले भने ‘लगानीका लागि गरिएको प्रतिबद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गर्नुपर्छ । कारण खोजेर प्रतिबद्धताअनुसार अधिकतम लगानी भित्र्याउन सरकारले काम गर्छ।’
सरकारले आन्तरिक एवं वाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउँंदै उनले लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनसक्नु पर्ने पनि बताए ।