मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ स्थित खेलमैदानमा शनिबार आयोजित एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सो गाउँपालिकालाई नेपालकै चौँथो र जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पु¥याउने सबै वडालाई ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्वजनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।