शुक्रबारबाट सुरु भएको काँग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी छ । बैठकमा स्थानीय तह निर्वाचनमा सन्दर्भमा छलफल भइरहेको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ ।
बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको प्रवक्ता प्रकाशशरण महतले बताए । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ । महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन- २०७९, घोषणापत्र तयारी समिति’लाई पूर्णता दिइनेछ ।