काठमाडौंको गौशालामा कारले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
चाबहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान करिब साढे ५ बजे ठक्कर दिदा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारको क्रममा मृत्यु भएको हो ।
बिहान पौने आठ बजेतिर भएको थियो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।