तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् । शनिबार नै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणासँगै साँचो हस्तान्तरणसमेत भएको छ । शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोजमा विदेशमन्त्री वाङ सहभागी भए ।
चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति भण्डारीसँग बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्दै गर्दैछन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ताको कार्यक्रम तय भएको छ । बिहान ११ बजेपछि ओलीसँग भेट हुनेछ भने पौने १२ बजेपछि प्रचण्डसँग भेटवार्ता हुनेछ । शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

