टप खबर

नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ 

Lumbinikhabar Online

नेपाल र चीनबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चीनबाट आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेलगायत विषयमा समझदारी भएको छ । त्यस्तै, खोप हस्तान्तरण, अरनिको राजमार्ग हस्तान्तरण तथा घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसका साथै, सीमा अनुगमन गर्ने विषयमा दुवै देशका परराष्ट्रमन्त्रीले सहमति जनाएको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रेस वक्तव्यमा जनाइएको छ।

Tags

छुटाउनु भयो कि ?