टप खबर

नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउनु: युक्रेन

Lumbinikhabar Online

युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिका सहित हजारौं नागरिकको मृत्यु भएको र करोड आसपासमा आन्तरिक रुपमा विस्थापित हुन परेको उल्लेख गरेको छ ।

रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रीय खेल संघहरुले सहभागीतामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेको छ ।

नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टीमद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ । युक्रेनले नेपाली हिमालहरु पवित्र र दिब्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ‘युक्रेनमा सामूहिक निर्मम हत्याका लागि जिम्मेवार रुसको झण्डा पवित्र र दिव्य नेपाली हिमालमा फहराउनु गम्भीर चिन्ताको विषय हो ।’

Tags

छुटाउनु भयो कि ?