टप खबर

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने

Lumbinikhabar Online

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शुक्रबार अपरान्ह उनी काठमाडौं आइपुग्नेछन्। विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी भारत हुँदै नेपाल आउनेछन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

Tags

छुटाउनु भयो कि ?