नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ नगर्ने बताएका छन् ।
उनले भने ‘हामीले महँगोमा किनेर भए पनि लोडशेडिङ हुँदैन, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’
भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताए ।