आगामी जेठ १४ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको ‘द ब्याङ टुर रिलोडेड´ का लागी बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।
आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका अनुसार अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।
सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।