News in Nepali

मधेस प्रदेशमा महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

Lumbinikhabar Online

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।

स्रोतका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको हो । मधेस प्रदेशका आठवटै जिल्लामा रहेकाे वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख रुपैयाँ महसुल सङ्कलन गरिएको जनाइएको छ ।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व सङ्कलन जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?