News in Nepali

चिनियाँ विदेश मन्त्री वाङ् यी ले भारतको भ्रमण नगरी सिधै अफगानिस्तान

Lumbinikhabar Online

चिनियाँ विदेश मन्त्री वाङ् यी ले भारतको भ्रमण नगरी सिधै अफगानिस्तानको काबुल पुगेका छन् । उनी पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गरेका हुन् ।

यस अघि वाङ् यीले भारतको भ्रमण गर्ने योजना रहेको भएता पनि पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका थिए ।

भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो । त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङ्को भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो ।

Tags

छुटाउनु भयो कि ?