पर्सामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन् ।
कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहानामा बलात्कार गरेको भन्दै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
कोइरीमाथी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।